शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रिय सभा निर्वाचनका लागि यी हुन प्रतिपक्षीदल एमालेका उम्मेदवार

काठमाडौं पुस १९,
प्रमुख प्रतिपक्षीदल नेकपा एमालेले पनि राष्ट्रिय सभा निर्वाचनका लागि आफ्ना पार्टीको उम्मेदवारको नाम टुंगो लगाएको छ । राष्ट्रिय सभाका लागि एमालेले क्रमस प्रदेश १ बाट देवराज घिमिरे सुमित्रा भण्डारी र सोनाम गेल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ भने प्रदेश २ मा असर्फी यादव र विना साहलाइ उम्मेदवार बनाएकोछ । त्यस्तै बाग्मती प्रदेशमा गोपाल शाक्य , निरकुमारी कुँवर गण्डकी प्रदेशमा गोविन्दबहादुर नेपाली , लीला पोखरेल पुण्यप्रसाद पौडेललाइ उम्मेदवार तोकेको छ ।

त्यस्तै लुम्बिनी प्रदेशमा कृष्णबहादुर सुनार भारती खनाल र रामदयाल गुप्ता कर्णालीप्रदेशमा पदमबहादुर माझी गंगा थापा महत र चुडामणि शर्मालाइ उम्मेदवार बनाएको छ। साथै सुदूरपश्चिम प्रदेशमा भने नरेश बिक ,सन्तोषकुमारी शर्मा थापा र डिल्लीराज विष्टलाइ उम्मेदवार बनाउने निर्णय गरेको सम्वद्ध सेतले जनाएको छ ।