शुक्रबार, चैत्र १६, २०८०

३ सय २६ जनामा कोभिड संक्रमण पुष्टि , २ को मृत्यु

काठमाडौं पुस १९,
स्वास्थ्य मन्त्रालयले वितेको २४ घण्टामा ३ सय २६ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ । देशभर गरिएको ९ हजार ७ सय पिसिआर परिक्षणका क्रममा २ सय ९१ जना र २ हजार ७ सय ९८ एन्टीजेन परिक्षणका क्रममा ३५ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

यस्तै मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ सय ५५ संक्रमित कोभिड मुक्त हुँदै गर्दा थप दुई जनाको मृत्यु भएको जनाएके छ। साथै नेपालमा ५ हजार ५ सक्रिय संक्रमित रहेको यसमध्ये ८९ जना आइसीयू र २१ जना भेन्टिलेटरमा रहेकोरहेको मन्त्रालयले जनाएको छ ।