बुधबार, बैशाख २६, २०८१

पछिल्लो २४  घण्टामा  ४ हजार ६३६ जनामा संक्रमण पुष्टि, ४ को मृत्यु 

काठमाडौं  माघ १  , 

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  शनिबार पीसीआर र एन्टीजेन गरेर १४ हजार ५५६ जनाको परीक्षण गर्दा ४ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार   १० हजार ४१२ जनाको पीसीआर परीक्षण गर्दा ३७ सय ३ जना र  ४१ सय ४४ जनाको एन्टीजेन परीक्षण गर्दा ९३३ जनामा संक्रमण पहिचानभएसंगै   उल्लेखित सख्यामा  संक्रमितको पहिचान भएको  हो ।

त्यस्तै मन्त्रालयले यसवीचमा   ४ जना संक्रमितको मृत्यु भएको  जनाउनुको अलावा ३५० जना  संक्रमित  उपचार पछि डिस्चार्ज भएको जनाएको  छ।  साथै  देशभर  सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको  मन्त्रालयले जनाएको  छ ।