शनिबार, बैशाख ८, २०८१

कावा अध्यक्ष भण्डारीलाइ भारत उत्तर प्रदेशको शुभकामना

काठमाडौं  माघ १  , 

भारत उत्तर प्रदेशका तर्फबाट विश्व हिन्दु महासंघका कावा अध्यक्ष अस्मिता भण्डारीलाई बधाई तथा शुभकामना सन्देश प्राप्त भएको छ ।

विश्व हिन्दु महासंघ उत्तर प्रदेश भारतका अध्यक्ष भिखारी प्रजापति द्वारा प्रेषित पत्रमा भनिएको छ ू भगवान् गुरु गोरखनाथ र भगवान् पशुपति नाथको असिम कृपाबाट बिश्व हिन्दु महासंघको अन्तर्राष्ट्रिय अध्यक्ष बन्न सफल हुनुभएकोमा बिश्व हिन्दु महासंघ भारत उत्तर प्रदेशको तर्फबाट हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्दछौं ।

त्यस्ते प्रात स्मरणीय अनन्तश्री बिभूषित , गोरक्ष पिठाधिश्वर माननीय मुख्य मन्त्री उत्तर प्रदेश सरकार , बिश्व हिन्दु महासंघ भारतका राष्ट्रिय अध्यक्ष पूज्य चरण योगी आद्धित्यनाथ जी द्वारा निर्देशित विश्व हिन्दु महासंघ भारत च्याप्टर तपाईंको अध्यक्षतामा सर्वोच्च शिखरमा पुगी हिन्दु संस्कृतिको आफ्नो वैभवलाइ अक्षुुण राख्न सकोस् , नेपाल फेरि पनि हिन्दु राष्ट्र बनोस् हाम्रो सुभेच्छा रहेको उल्लेख गरिएकोछ ।

गत मंसिर २५, २६ र २७ मा सम्पन्न बिश्व हिन्दु महासंघको महासभाले महासंघको ईतिहासमा पहिलो पटक अस्मिता भण्डारीलाई कार्यवाहक अध्यक्षमा चयन गरेको हो ।