शनिबार, बैशाख १५, २०८१

आजका लागि पूर्व निर्धारित संसद बैठक स्थगित,अर्को बैठक पुस २२ मा बस्ने

काठमाडौं पुस १८,
आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको प्रतिनिधिको बैठक स्थगित भएको छ ।  संसद सचिवालयले सूचना प्रकाशित गर्दै आजको बैठक भएको जनाएको हो ।

संसदको तेस्रो ठूलोदल नेकपा माओवादी केन्द्रको महाधिवेशन जारी रहेका कारण माओवादी केन्द्रको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक संगै प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक समेत स्थगित गरिएको संसद सचिवालयस्रोतले जनाएको छ।

 आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७७/७८ पेश गर्ने एकमात्र कार्यसूची रहेको थियो।