बिहिबार, बैशाख १३, २०८१

आज बस्ने प्रतिनिधि सभाको बैठकपनि नारावाजी सहित अवरुद्ध गर्ने प्रतिपक्षीदल एमालेको तयारी

काठमाडौं पुस १८,
आज प्रतिनिधि सभाको बैठक बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । माधवकुमार नेपालसहितका १४ सांसदलाई निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले नजर अन्दाज गर्दै कारबाही गरेर संसदलाइ बचाउनुको अलावा दल विभाजन गर्न सहयोग गरेको भन्दै नेकपा एमालेले गत भाद्र २३ गतेदेखि लगातार रुपमा गर्दै आइको संसद अवरुद्धको श्रृखलालाइ आजपनि निरन्तरता दिने तयारी भएको सम्वद्ध स्रोतले जनाएको छ।

यद्यपी प्रमुख प्रतिपक्षी दल एकालेको नारावाजी अवरुद्धताकैवीच पनि सभामुख सापकोटाले संसद बैठक सञ्चालन गर्दै आइरहेका छन । सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७/०७८ पेश गर्ने कार्यसूचि रहेको जनाएको छ ।