शुक्रबार, बैशाख १४, २०८१

स्रोत नखुलेको ६९ लाख रकम सहित खनाल पक्राउ

काठमाडौं मंसिर १९ ,
प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ५० हजार रकमसहित गए राति हिरोसी खनाललाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौँ र महानगरीय प्रहरीवृत्त दरबारमार्गको टोलीले राजधानीको दरबारमार्गस्थित विइङ ह्युमन कपडा पसलमा चेकजाँचका क्रममा उक्त रकमसहित हिरोसी खनाललाई गए राति पक्राउ गरेको    हो ।

त्यस्तै प्रहरीले पक्राउ परेका खनालसँग प्रहरीले रु एक हजार दरका १०० वटा भएको ४९ बण्डल, रु ५०० दरको १०० वटा भएको ४१ बण्डल र नीलो रङको झोला एक थान बरामद भएको जनाउदै पक्राउ परेका खनाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक पठाइएको जनाएको छ ।