शनिबार, बैशाख ८, २०८१

जुगलको अध्यक्षतामा १९९ सदस्सीय केन्द्रीय समितिको सर्वसम्मत

काठमाडौं मंसिर १९,

नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको साझा संगठन प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनले विष्णु सापकोटा ‘जुगल’को नेतृत्वमा १९९ सदस्सीय समिति घोषणा गरेको छ । शनिबार चितवनमा सुरु भएको राष्ट्रिय सम्मेलनले शनिबार जुगललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

प्राप्त जानकारी अनुसार  महाधिवेशनको बन्दसत्रमा संसोधन विधान गरेको विधान अनुरुप  नया केन्द्रीय समितिको आइतबार बस्ने बैठकले १ महिला उपाध्यक्ष १ , समावेशी उपाध्यक्ष १ , खुला उपाध्यक्ष ११, महासचिव १ , उपमहासचिव ५ , सचिव खुला ६, महिला सचिव २ , आदिवासी २ , मधेसी २ दलित २, अल्पसंख्यक २, कर्णाली १ जनाको चयन गर्ने बुझिएको छ

यसअघि बन्दसत्रले १८ बुँदे चितवन घोषणापत्र जारी गर्दै प्रधानन्यायाधीशलाई उच्च नैतिकता प्रस्तुत गर्दै निकास दिन , साना लगानी पत्रपत्रिकाको संरक्षण, श्रम ऐन कार्यान्वयन नगर्ने मिडियालाई सबै सेवासुविधा बन्द गर्न, सञ्चारकर्मीले सवारीसाधन किन्दा भन्सार छुट, स्वास्थ्य बीमा लागू गर्नेलगायत निर्णय गरेको छ ।