मङ्लबार, बैशाख १८, २०८१

संस्थापन इतर समुहबाट सभापतिको साझा उम्मेदवार तय गर्न बढ्दो सकस,दुवै नेता आ-आफ्नै अडानमा

काठमाडौं मंसिर २३,
शुक्रबारदेखि सुरु हुने नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नजिकिँदै गर्दा संस्थापन इतर समुहबाट सभापतिको साझा उम्मेदवार तय गर्ने क्रम थप जटिल बन्दै गएको छ। संस्थापन इतरबाट सभापतिका आकांक्षी प्रकाशमान सिंहले आफू पछि नहट्ने बताएका छन् । चाक्सीबारीस्थित आफ्नो निवासमा सञ्चारकर्मीहरुसँग बिहीबार कुरा गर्दैं नेता सिंहले फिर्ता हुनका लागि आफूले उम्मेदवारी घोषणा नगरेको बताए ।

त्यस्तै संस्थापन इतर पक्षकै सभापतिका आकांक्षी डा।शेखर कोइरालाले पनिआपफु किमार्थ पछि हट्ने संभावना अव न्यून हुँदै गएको जनाउ सहित प्रचारप्रसार समेत शुर गरेका छन ।

संस्थापन इतर समूहका यी दुय उम्मेदवार मध्ये एकले अर्कोलाइ सहउोग गर्दै सहजीकरण गरे स्थिती थप सहज हुने काँग्रेसजनको बुझाइका वीच यी दुवै नेताले आआफ्नो अडान कायम राखेका कारण स्थिती थप पेचिलो बनेको हो ।

यहाँसम्की सिंह र शेखरबीच सहमति बन्न नसक्दा वरिष्ठ नेता ाचन्द्र पौडेलले दिक्क मान्दै सहमति नबने राजनीतिबाटै बिदा हुन्छु भन्न समेत पछि परेनन । यी तीनैजना नेताहरू बिहीबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकमा गएनन् । साझा उम्मेदवार छान्ने कसरतसहित आपसमा छलफलमा रहे पनि  कुनै ठमेस सहमति बन्न सकेको अवस्था भने छैन ।