मङ्लबार, बैशाख ११, २०८१

अर्थका भ्रष्टाचारी अधिकृत थपलिया विरुद्ध १ करोड ६४ लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं मंसिर २३,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयको तत्कालीन शाखा अधिकृत {हाल अवकास प्राप्त} उद्वब प्रसाद थपलिया विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। थपलियाले आफू बिभिन्न सरकारी कार्यालयको पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीको छानविनो क्रममा ​निजको वैध आय भन्दा अवैध आयको अुपात बढि पाइएसंगै आयोगले स्रोत नखुलेको सम्पत्ति बराबरको बिगो माग दाबी गर्दै थपलिया र उनका श्रीमती मुना पन्त थपलिया विरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

छानबिनका क्रममा आयोगले विसं २०४० फागुन ६ गतेदेखि २०७५ चैत ३० गतेसम्म पदमा रहँदा थपलियाले १ करोड दुई लाख ८२ हजार २५८ बराबरको वैध आय गरेको देखिन्छ भने दुई करोड ६७ लाख ७१ हजार ९५८ बराबरको खर्च तथा लगानी भएको त्यसमध्ये १ करोड ६४लाख ,८९हजार ७सय रुपैया भ्रष्टाचारजन्य कार्यमार्फत गैरकानूनी आर्जन गरेको अनुसन्धानबाट खुलेको आयोगको दाबी रहेको छ । साथै उनले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती मुना पन्तको नाममा भएका घरजग्गा र बैंक खातामा जम्मा गरेको पाइएको आयोगले जनाएको छ ।