शनिबार, बैशाख ८, २०८१

कांग्रेसको १४औं महाधिवेशन आजदेखि राजधानीमा विधिवत शुरु हुँदै

काठमाडौँ मंसिर २४,
‘उत्साह, एकता, रूपान्तरण स् सफल बनाऔं नेपालीको कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नारा सहित नेपाली कांग्रेसको १४औं महाधिवेशन आजबाट विधिवत रुपमा शुरु हुँदैछ । सात दशकको इतिहास वोकेको नेपालको एकमात्र पुरानो राजनैतिकि दल काँग्रेसको आज राजधानीस्थित भृकुटीमण्डपमा पार्टी सभापति शेरबहादुर देउवाले १ बजे महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

उद्घाटनसत्रमा नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादीलगायत दलका शीर्ष नेता तथा प्रमुख तथा प्रतिनिधिले शुभकामना अभिव्यक्ति सहित सम्बोधन गर्ने कार्यक्रम संगै सासकृतिक कार्यक्रम समेत रहेको छ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महाधिवेशनमा सहभागी हुन बिहीबार बेलुकासम्म देशभरबाट झन्डै ४ हजार भन्दा बढि प्रतिनिधि काठमाडौं आइसकेका छन्।

साथै उद्घाटन समारोहमा सहभागिताका लागि देशभरिबाट कांग्रेसका नेता र कार्यकर्ता पनि काठमाडौं आइपुगेका छन भने कति आउँने क्रममा रहेको काँग्रेस मुख्यालयले जनाएको छ। त्यस्तै राजधानी आइपुगको कति पय केन्द्रीय समितिका आकंक्षीहरुले महाधिवेशन प्रतिनिधिहरूसँग मत माग्न पनि सुरु समेत गरिसकेको छन ।

त्यस्तै शुक्रवार उद्घाटन सत्र सकेलगत्तै बन्द सत्रका कार्यक्रम र त्यपछिका चरणमा अर्थात शनिबारदेखि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा प्रवेश गर्ने कार्यसुची रहेको बुझिएको छ। जसअनुसार कांग्रेस केन्द्री निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली आज प्रकाशन गदै छ भने उम्मेदवारको मनोनयन दर्ता शनिबार बिहान १० देखि साँझ ५ बजेसम्म हुने जनाएको छ ।

एवमे रितले मनोनयनपत्र फिर्ताका लागि २६ गते बिहान ११ बजेसम्मको समय तोकिएको छभने मंसिर २७ गते बिहान ८ बजेदेखि मतदानको कार्यक्रम तय गरिएको निर्वाचन समितिले जनाएको छ।