शुक्रबार, बैशाख १४, २०८१

बागमती प्रदेश कांग्रेस सभापतिका लागि बानियाँ र केसीबीच पुनः आज दोस्रो चरणको निर्वाचन हुँदै

निर्वाचन रेसबाट प्रधान बाहिरिए

काठमााडों मंसिर १९,
नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका लागि शनिवार भएको निर्वाचनमा प्रदेश सभापतिका लागि चुनावीमैदानमा रहेका तीन जना उम्मेदवार क्रमस भीमसेन दास प्रधान, जगदिश्वर नरसिंह केसी र इन्द्र बानियाँले मध्ये कसैको पनि ५१ प्रतिशत मत क्रस गर्न नसकेसंगै आज पुनः मतदान हुने भएको छ ।

निर्वाचन समितिका अनुसार पहिलो चरणमा भएको निर्वाचनमा सभापति पदका उम्मेदवार इन्द्र बानियाँले ९९२ मत प्राप्त गर्दै गर्दा निकटम प्रतिस्प्रर्धी जगदिश्वर नरसिंह केसीले ८७२ र भीमसेन दास प्रधानले १९७ मत पाएका छन् । काँग्रेस विधानत व्यवस्था अनुरुप अब हुने दोस्रो चरणको निर्वाचनमा खसेको मत मध्ये सबैभन्दा धेरै मत ल्याएका दुई जना उम्मेदवारबानियाँ र केसी बीच पुनः निर्वाचन हुने छ ।

आइतवार विहान बिहान ११स्३० बजेदेखि दोस्रो चरणको मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ। समितिले शनिवारको निर्वाचनमा कुल मतदातामध्ये २ हजार ८३ मत खसेको र यसमध्ये १२ मत सभापति विहिन रहनुको अलावा १० मत बदर भएको जनाएको छ ।

त्यस्तै आज हुने दोस्रो चरणको निर्वाचनमा १९७ मत प्राप्त गरेका भीमसेन दास प्रधानले जुन उम्मेदवारलाइ समर्थन गर्छ उसको विजय प्राय निश्चित रहेको देखिन्छ । प्रस्तुत अधिवेशनले १ प्रदेश सभापति जना, २ उपसभापति , २ महामन्त्री ३ सह महामन्त्री सहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गर्नेछ