शुक्रबार, बैशाख ७, २०८१

काँग्रेस प्रदेशसभा निर्वाचन : सुदूरपश्चिम प्रदेशमा संस्थापन पक्षका बलायर नेतृत्वको प्यानल निर्वाचित

काठमाडौं मंसिर १९,
शनिवार सम्पन्न काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत मुलुकको ७ प्रदेश मध्ये ५ प्रदेशको निर्वाचन परिणाम सावैजनिक हुने क्रम शुरु भएको छ। २ न प्रदेश वाहेक बागमती प्रदेशमा दोस्रो चरणको निर्वाचनको समेत आज मतदान सम्पन्न् भइसकेको छ।  आज साँझ सम्ममा यस प्रदेशको पनि निर्वाचन परिणाम घोषणा हुने भएको छ।

त्यस्तै लुम्बिनी, गण्डकी, कर्णाली प्रदेशको पनि मतगणना भइरहेको छ भने सुदूरपश्चिम प्रदेशमा संस्थापन पक्षका वीरबहादुर बलायरको प्यानल नै विजयी भएको समाचार प्राप्त् भएको छ । काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका बलायरले नेतृत्वको प्यानलले संस्थापन इतर समूहका नारायण मिश्रलाई पराजित गरेको हो ।