शुक्रबार, बैशाख १४, २०८१

नियमित मर्मतसम्भारका लागि मनकामना केबलकार सेवा चार दिन बन्द हुने

काठमाडौं पुस ३ ,
मनको इच्छया पूरा गर्ने मनाकामना देवीको दर्शन गर्ने  पहिलो  सहज माध्यम मनकामना केबलकारको मर्मतसम्भारका लागि आइतवारबाट पुस ४ देखि ७ गतेसम्मका लागि बन्द हुने भएको छ ।

राजधानीस्थित मनकामना दर्शन प्रालिको केन्द्रीय मुख्यालयले केलवकारको स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने नियमति प्रत्रिया अुरुप ४ दिनको लागि केबलकार सेवा बन्द गर्न लागेको जानकारी दिएको छ।

त्यस्तै प्रालिले केवलकार सेवा बन्द भएपनिकेबलकार बटम स्टेशनमा रहेको रेष्टुरेन्ट लगाउतका सेवा भने यथावत् सञ्चालन हुने जनाएको छ ।