शनिबार, बैशाख १५, २०८१

काँग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित

काठमाडौं पुस १,
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत उपसभापति पदको मतगणनाको अन्तिम परिणाम गएराती सार्वजनिक भएको छ । घोषित सार्वजनिक मतपरिणाम अनुसार ७ प्रतिस्प्रर्धी मध्ये काँग्रेस उपभसापति पदमा संस्थापन पक्षका उम्मेदवार पूर्णबहादुर खड्का कोइराला समूहका र धनराज गुरुङ निर्वाचित भएका छन् । निर्वाचित उपसभापतिका उम्मेदवार खड्काले २ हजार १२१ र गुरुङले १ हजार ९०८ मत प्राप्त गरी निर्वचित भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै उपभसचापतिमा निर्वाचित गुरुङले संस्थापन समूहका अर्का उपसभापतिका प्रत्यासी विजयकुमार गच्छदार दुई मतले मात्र पराजित गरेको हो । उपसभापतिमा पराजित गच्छदारले १ हजार ९०६ मत प्राप्त गरेको निर्वाचन समतिले जनाएको छ। त्यस्तै अन्य उम्मेदवारहर क्रमस चन्द्र भण्डारीले १ हजार ५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत गरेको जनाएको छ।