शुक्रबार, चैत्र १६, २०८०

संघ र प्रदेश सरकारले महानगरका योजनामा सहयोग गर्नुपर्नेमा महानगर प्रमुख शाक्यको जोड

संघ र प्रदेश सरकारले महानगरका योजनामा सहयोग गर्नुपर्नेमा महानगर प्रमुख शाक्यको जोड

काठमाडौ मंसिर २९,
काठमाडौँ महानगरले २७ औँ वार्षिकोत्सव मनाएको छ । दिवसको अवसरमा आज बसन्तपुरमा मूल समारोह समितिको आयोजनामा भएको एक विशेष कार्यक्रमलाइ सम्बोधन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले धारणा राख्दै काठमाडौँ महानगरका हरेक काम महसुस योग्य, मापन योग्य र अनुकरण योग्य हुनु पर्ने बताउँदै काठमाडौ महानगरले पछिल्ले समय गर्दै कार्यसम्पादन लाइ व्यवस्थित गद जन अपेक्षा अनुरुप बनाउन सके थप सफलता प्राप्त हुने बताउनुभएको छ। त्यस्तै कार्यक्रमका अर्का अतिथी बागमती प्रदेशका सभामुख श्रेष्ठले नेपाल भाषाको स्थानीय पाठ््यक्रम तयार पारेर पाठ्पुस्तक कार्यान्वयनमा ल्याउन उल्लेख्य सफलता भएको बताउँदै महानगरले स्थानीय भाषा, कला, साहित्य र सिर्जनाका लागि महानगरले धेरै महत्वपूर्ण कार्य सम्पादन गर्दै आएको बताउनुभयो ।

त्यस्तै महानगर प्रमुख विद्यासुन्दर शाक्यले संघ र प्रदेश सरकारले महानगरका योजनामा सहयोग गर्नुपर्ने जिकिर गर्दै बताउनुको अलावा महानगरसँग सहरी पूर्वाधार निर्माण, सुविधा वितरण र सम्पदा संरक्षणका लागि पर्याप्त क्षमता भएपनि भएको क्षमतालाई पूर्ण प्रयोग गर्न सक्ने अवस्था नभएको जिकिर गर्दै पछिल्लो समय वाझिएका कानुनी प्रबन्ध र विकास साझेदारवीचको असमन्वयका कारण समस्या सिर्जना भएको बताउनुभयो ।

त्यस्तै महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले विद्युतीय प्रणालीको विकास गरेर जनतालाई घरबाटै सेवा लिन सक्ने पद्धति विकास गरेको बताउदै गएको बर्ष गरिएको सेगाग्राही सर्वेक्षणको नतिजाका विषयमा कुरा गर्दै उहाँले महानगरपालिकाको कार्य सम्पादनबाट सेवाग्राहीमा अपेक्षित रुपमा लाभाम्वित रहेको बताउनुभयो । कार्यक्रममा काठमाडौ जिससका सभापति शिवशंकर बैद्य, नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागी , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारी लगायतले वोल्नु भएको थियो ।

१९९६ सालमा स्थापना गरिएको सफाइ अड्डा विस्तारित संस्थागत प्रारुप पछि २००४ सालमा नगरपालिका र २०५२ साल मंसिर २९ गते तत्कालीन काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको हो ।

कार्यक्रममा मन्त्री श्रेष्ठ, बागमती प्रदेशका सभामुख श्रेष्ठ, महानगरका प्रमुख शाक्यले संयुक्त रुपमा चित्रकार हरिप्रसाद शर्माले कोर्नु भएका काठमाडौँ उपत्यकाका संस्कृति, सम्पदा र परम्परा झल्किने चित्रहरुको संगालो सार्वजनिक गर्नुको अलावा २२० जना परम्परागत बाजा गुरुहरुलाई जनही ३० हजार नगदराशीको सम्मान, व्यवसाय, बहाल र सम्पत्ति करतर्फ नियमित र धेरै कर तिर्ने करदातालाई करदाता सम्मान संगै स्थानीय सेवा पदक, महानगर गौरव पदक, साधना प्रधान अग्रणी महिला सम्मान, जनकमान श्रेष्ठ सुशासन पुरस्कार वितरण, महानगर सेवा पुरस्कार, महानगर सेवा गौरव पुरस्कारसहित सम्मान र पुरस्कार संगै समारोहमा महानगरका विषयमा समाचार लेख्ने ९ जना पत्रकारलाई व्यक्तिगत रुपमा र एउटा संस्थालाई संस्थागत रुपमा सुशासन पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।