बुधबार, बैशाख २६, २०८१

काँग्रेसका सघर्षशिल नेता जोशीद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं मंसिर २४ ,
शुक्रवारबाट औपचारिक रुपमा शुभारम्भ भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत शनिवार काठमाडौं काँग्रेस निर्वाचन क्षेत्र न.८ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित नेपाली काग्रेसका सघर्षशिल नेता राजुराज जोशीले बाग्मती प्रदेशको तर्फबाट केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । काँग्रेसको विधानत व्यवस्था अनुसार प्रत्येक प्रदेशबाट १ महिलासहित ३ जनाको दरले २१ जना निर्वाचित हुने केन्द्रीय सदस्य अन्र्तगतको  केन्द्रीय सदस्यमा नेता जोशीले   उम्मेदवारी दिनुभएको हो ।

मुलुकको हरेका राजनीतिमा परिवतृनको क्रममा भएको आन्दोलनमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै अविराम क्रियाशील युवा व्यक्तित्व नेता जोशीले यसअघि बाग्मती प्रदेश सभापतिको लागि आकक्षा व्यक्त गर्दै गर्दा पार्टीमा सांङ्गठनिक सन्तुलन मिलाउनकै लागि आफ्नो आकंक्षालाइ विराम दिनु भएको थियो ।

जुझारु तथा युवा वृतमा निकै चर्चित युवा नेता जोशीले गुटगट राजनितिको धरातलभन्दा माथि उठेर पार्टीको संगठनको व्यवस्थापनमा आफुलाइ तन मन धनले समर्पित गर्दै आउँनुभएको छ।

काठमाडौं काँग्रेसको तत्कालीन सचिवको समेत जिम्मेवारी निर्वाह गर्दै सफल राजनैतिक छवि बनाउन सफल मात्र नभइ भष्टाचार विरोधीको छवि बनाएका नेता  जोशीले आफ्नो उम्मेदवारीको विषयमा हामीसंग कुरा गर्दै आफ्नो उम्मेदवारी मुलत शुद्धिकरणको अभियान संगै कांग्रेसलाई प्रजातान्त्रिक समाजवादको बाटोमा ल्याउनु रहेको बताउन भएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930