शुक्रबार, बैशाख ७, २०८१

नेपाली कांग्रेसको १४औँ महाधिवेशन विधिवत शुभारम्भ

उद्घाटनसत्रमा विभिन्न राजनैतिक दलका शिर्ष नेतृत्वले शुभकामना अभिव्यक्ति दिने क्रम शुरु

शुभकामना अभिव्यक्ति दिदै विभिन्न दलका शिर्ष नेतृत्वले कसले के भने ?

काठमाडौ मंसिर २४ ,

राजधानीको भृकुटमिण्डपमा निर्धारित समय भन्दा केहि समय ढिला भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन कार्यक्रमको रोनक छपक्कै छाएको छ ।
उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति भएका छन ।  कोभिड कहरका कारण मण्डपको भित्रिभागमा मात्र नभय वाहिरिबाट समेत सहज रुपमा सुन्न हेर्न सकिने गरि डिस्प्लेको व्यवस्थापन गरिएको छ । तयस्तै सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै स्टेज बनाइएको छ ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरवाहादुर देउवाले उद्घाटन गर्नुभएको महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना अभिव्यक्ति दिने क्रममा भारतीय जनता पार्टीका नेता एवं पूर्व मन्त्री डा हर्षवर्धनले भारतमा पनि देख्न नपाएको दृष्य अर्थात पहिलो पटक एमटैमञ्चमा पूर्व प्रधानमन्त्रीलाई एकसाथ देख्न पाएकोमा हर्ष व्यक्त गर्दै कांग्रेसको १४औं महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना अभिव्यक्ति दिने क्रममा डा हर्षवर्धनले नेपाल–भारतको सम्बन्धबारे चर्चा गर्दै भने नेपाल–भारतको बीचमा रहेको मुटुको सम्बन्ध, सामाजिक सम्बन्धलाई अझै बढाउनुपर्ने कुरामा जोड दिँदै भारतका प्रधानमन्त्री मोदीले नेपाल अझ समृद्ध होस् भनी कामना गर्नु भएको जानकारी दिनुभयो ।

त्यस्तै शुभकामना दिने क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले महाधिवेशन सफलताको शुभकामना दिदै पछिल्लो समय नेपालको राजनिति वृतमा कालो बादल मडारिदै गरेको भन्दै उहाँले प्रतिगामी तत्त्वहरूले यो वा त्यो कोणबाट गणतान्त्रिक लोकतन्त्र माथि प्रहार गर्ने तयारी गरि रहेको बताउनुभयो । त्यस्तै  उहाँले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनिति ने गर्ने हो भने राजनीतिक पार्टी खोल्न सुझाव दिदे यो वा त्यो नाममा सलबलाउाने कुचेष्टा नर्गन भन्दै ​पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले नेपालमा पुन राजतन्त्र फर्कन नसक्ने दाबी गर्नुभयो ।

त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले पूर्ववक्ता भारतीय जनता पार्टीका एक नेताले एउटै मञ्चमा यति धेरै प्रधानमन्त्री देख्न पाएको भन्दै गरेको टिप्पणीप्रति लक्षित हुँदै नेपालमा पूर्व प्रधानमन्त्रीको संख्या धेरै भए पनि यी सबैले एकले अर्कालाई प्रधानमन्त्री बनाएको बताउँदै ​साथे उहाँले आफूहरुले आपसमा प्रतिस्पर्धा पनि गर्ने गरेको र जरुरी पर्दा एकले अर्कालाई प्रधानमन्त्री पनि बनाउने गरेको बताउनुभयो ।

त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालका राजनीतिक पार्टी भनेका नेकपा एमाले र काँग्रेसमात्र भएको टिप्पणी गर्दै महाधिवेशनको सफलताको कामना गर्नुभयो । साथै उहाँले राणाशासन, राजतन्त्र फाल्ने देखि संघीय गणतन्त्र ल्याउनेसम्मको भूमिका निर्वाह गरेको कांग्रेसप्रति जनताले ठूलो भरोसा राखेकाले सोही अनुसार अघि बढ्न सुझाव दिदै नेपाली कांग्रेसले आफ्नो इतिहास आगामी दिनमा अझ उज्यालो बनाउँदै लानुपर्ने र सोही अनुसार महाधिवेशन केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै कांग्रेसको १४औं महाधिवेशनको उदघाटनसत्रमा शुभकामना अभिव्यक्ति दिदै  लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेकपा मालेका महासचिब सीपी मैनाली , जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन , खिल भारतीय कांग्रेस कमिटीका महासचिव मुकुल वस्निक लगायतले  शुभकामना  अभिव्यक्ति दिनु भएको  छ ।   त्यस्तै  यो समाचार तयारपार्द सम्म उद्घाटनसत्रमा  मुलुकका  विभिन्न  राजनैतिक दलका शिर्ष नेतृत्वले शुभकामना अभिव्यक्ति दिने क्रममा  क्रम जारी रहेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930