बुधबार, बैशाख १२, २०८१

२५९ जना कोभिड संक्रमित थपिदै गर्दा ३३७ जना डिस्चार्ज

काठमाडौं मंसिर २४ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २५९ जना कोभिड संक्रमित थपिएको जनाएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ४७२ पीसीआर र ४ हजार १५ जनाको एन्टीजेन परीक्षणका क्रममा उललेखित सखयामा संक्रमितको पहिचान भएको हो ।

त्यस्तै यसवीचमा ३३७ जना संक्रमित उपचार पछि डिस्चार्ज भएको र यहि अवधिमा ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

साथै ११५ जना आइसीयू र ३१ जना भेन्टिलेटरमा उपचार  भइरहेको   जानकारी दिदै पछिल्लो २४ घण्टामा देशभर ३ लाख २९ हजार ३२१ जनाले कोरोना विरुद्धको खोप लगाएको जानकारी  दिएको छ।