शनिबार, बैशाख १५, २०८१

मुलुकलाइ काँग्रेसमय बनाउन महानगरका ३२ वटै इकाइको क्रियाशीलता आवश्यक: नेता थापा

काठमाडौं कात्तिक २९,

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको क्रममा महानगर पार्टी समितिमा निर्वाचित नेतृत्वलाइ सम्मान तथा बधाई ज्ञापन गर्न आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले आइतवारबसेको काँग्रेस केन्द्रीय समतिको बैठकपछि आसन्न १४ औं महाधिवेशन हुने विषय शुनिश्चित भएको बताउनुभएको छ ।
त्यस्तै उहँँले विगतका दिनमा पार्टी भित्र विधानको सर्वोच्चतालाइ कायम गराउन असफल भएका कारण पार्टीले अनेकन समस्या झेल्नु परको बताउदै अवको वडा तहको नेतृत्व देखि केन्द्रीय तह सम्मको नेतृत्वले विधानको सर्वोच्चतालाइ आत्मासात गर्दै अक्षरस पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै उहाँले आसन्न् तीनै तहको निर्वाचनमा काँग्रेसलाइ पहिलो पार्टी बनाउन आसन्न् निर्वाचन अघिनै संगठनलाइ चलायमान बनाउँदै पार्टीको १४ औ महाधिवेशनको क्रममा पार्टीको विभिन्न तह र तप्कामा निर्वाचित सवैले विधानत व्यवस्था अनुरुप क्रियाशील हुनपर्नेमा विशेष जोड दिदै काठमाडौंको ३२ वटै इकाइले ३ महिने अभियान सञ्चालन गर्दै जनताको विचमा पुग्नु पर्ने बताउनुभयो ।

साथै उहाँले काँग्रेससंग मात्र भएको मतले नपुग्ने र त्यसअर्थमा काँग्रेसलाइ भोट किन र काँग्रेसलाइ मतदान गर्दा काँग्रेसले के गर्छ भन्ने योजना सहित जनतावीच पुग्नु पर्नेमा विशेष भूमिका निर्वाह गर्दै जनजनको वीचमा पुगेर काँग्रेसको पक्षमा थप १३ लाख मतदाताको विस्वास सिर्जना गर्नुपर्ने बताउनुभयो ।