मङ्लबार, बैशाख ११, २०८१

प्रन्या जवराले वार्ताको लागि गरेको आव्हानको प्रतिउत्तरमा बारले भन्यो- हाम्रो बटमलाइन राजीनामा

काठमाडौं कात्तिक २९,

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग कुनै किसिमको वार्ता नहुनेर  नेपाल वारको बटमलाइन भनेको नै प्रन्याको राजीनामा मात्र भएको बताएका छन्।

आज जारी विज्ञप्तिमार्फत प्रधानन्यायाधीश राणाले आफूलाई सर्वोच्चमा प्रवेश नदिन धर्ना दिइरहेको बारलाई वार्ताका लागि आह्वान गरेसंगै यस्तो अभिव्यक्ति दिएका हुन।
त्यस्तै जारी विज्ञप्तिमा ​उनले प्रन्या राणाले राजीनामा दिनुको विकल्प नभएको समेत जिकिर गरेका छन ।

यसअघि सर्वोच्चका प्रधानन्यायाधीश राणाले वक्तव्य जारी गर्दै नेपाल वारका पदाधिकारीलाइ वार्ताको लागि आव्हान गरेका थियो । प्रन्या राणाले जारी गरेको विज्ञप्तिमा वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरूको सम्बोधनको उपयुक्त विकल्प संवाद नै भएको जिकिर गर्दै न्यायपालिकाभित्र उत्पन्न गतिरोधका कारण नागरिकहरूका प्रश्न हामीतर्फ नै सोझिएको भन्दै संवादका लागि आह्वान गरेको हो ।