बुधबार, बैशाख २६, २०८१

महाधिवेशन पछि एमाले थप सशक्त बन्ने नेता भट्टराईको दावी

स्वदेशी र विदेशी गरि ५ लाख पाउँनाको उपस्थितीमा नारायणी नदी मैदानमा अध्यक्ष केपी ओलीले महाधिवेशनको उद्घाटन गर्ने , १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय समावेशी केन्द्रीय कमिटी निर्वाचित गरिने

काठमाडौं कात्तिक १७,

आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा सम्पन्न हुने प्रमुख प्रतिपक्षीदल नेकपा एमालेको आसन्न १० औं राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ महाधिवेशनको तयारी लगायतका विषयमा जानकारीदिन आज एमाले केन्द्रीय प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार भरतपुरस्थित नारायणी नदीको मैदानमा करिव ५ लाख जनसमुदायको उपस्थितिमा पार्टीका अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारीदिइएको छ ।

त्यस्तै यसअघिनै सम्पन्न पार्टीको विधान महाधिवेशनले विधान संशोधन प्रस्ताव सर्वसम्मतरुपमा पारित गरेकाले पार्टीलाई महाधिवेशनले थप एकताबद्ध र सुदृढ बनाउने विश्वास व्यक्त गर्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । त्यस्तै उहाँले महाधिवेशनको उद्घाटन सत्रमा पार्टीसँग भाइचारा तथा मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टी र दक्षिण एसियाका सत्तारुढ एवं विपक्षी दलका प्रतिनिधि संगै मुलुकका राष्ट्रिय राजनीतिक दलका प्रमुखलाई पनि निमन्त्रणा गरिएको बताउनुभयो ।

त्यस्तैगरि प्रस्तुत महाधिवेशनले पछिल्लो समय संशोधन भएको विधानत व्यवस्था अनुरुप अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ५ जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय समावेशी केन्द्रीय कमिटी निर्वाचित गर्ने जानकारी दिदै प्रमुख भट्टराईले त्यसअघि आगामी कात्तिक २७ गते देशैभरि एकसाथ महाधिवेशनका प्रतिनिधिको निर्वाचन गरिने बताउनुभयो । साथै यसवीचमा स्थानीय तह र वडास्तरका अधिवेशन हुँन बाँकी रहेका क्षेत्रको पनि कात्तिक २५ गतेभित्र सम्पन्न गर्न निर्देशन भइसकेको बताउनुभयो । त्यस्तैगरि पत्रकार सम्मेलनमा एमाले सचिव तथा प्रचार विभाग प्रमुख भट्टराईले महाधिवेशनपछि एमाले अझ बलियो पार्टीको रुपमा उपस्थित हुने दावी गर्दै

महाधिवेशनलाइ भव्य रुपमा सम्पन्न गर्नका लागि रामबहादुर थापा‘बादलको संयोजक्त्वमा महाधिवेशन मूल व्यवस्थापन समितिको गठन गरिएको जानकारी दिनुभयो ।त्यस्तै गरि मूल व्यवस्थापन समितिको सहसंयोजकमा – सुरेन्द्रप्रसाद पाण्डे ,सचिव – विष्णु रिमाल सदस्यहरूः अष्टलक्ष्मी शाक्य, पृथ्वीसुव्वा गुरुङ, योगेश भट्टराई, रघुजी पन्त, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, राजन भट्टराई, शेरबहादुर तामाङ, विनोद श्रेष्ठ, आनन्द पोखरेल, देवी ज्ञवाली, सीता पौडेल, कपिल पोखरेल, लीला गिरी, दीपक देवकोटा, कृष्णभक्त पोखरेल र पार्वती रावल प्रतिनिधि व्यवस्थापन – विष्णुप्रसाद पौडेल संगठन विभाग जनपरिचालन– सुरेन्द्रप्रसाद पाण्डे, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लीला गिरी, यामलाल कँडेल, आनन्दप्रसाद पोखरेल, दीपक देवकोटा, सीता पौडेल, देवी ज्ञवाली र कपिल पोखरेल ।

प्रचार– योगेश भट्टराई ,आर्थिक –विष्णु रिमाल,यातायात – काशीनाथ अधिकारी,आवास – कृष्णभक्त पोखरेल, स्वयंसेवक – विनोद श्रेष्ठ, खाद्य – कपिल पोखरेल र पार्वती रावल, मञ्च व्यवस्थापन – शेरबहादुर तामाङ,अतिथि सत्कार – डा। राजन भट्टराई साँस्कृतिक – रघुजी पन्तरदेवी ज्ञवाली,स्वास्थ्य – भानुभक्त ढकाल कार्यालय – कपिल पोखरेल रहने जानकारी दिनभयो ।