शुक्रबार, बैशाख १४, २०८१

पछिल्लो समय मुलुकमा सिर्जित अनेकन विसंगतीको कारक तत्व कम्न्युष्ट सरकारको सत्ता उन्माद : नेता सिंह

काठमाडौं कात्तिक १७,
काठमाडौं काँग्रेस वडा न २४ महानगर समितिले नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार नेपाल संवत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता प्रकाशमान सिहंले नेपाली जनताले दिएको म्यान्डेटलाइ अनादर गर्दै कम्न्युष्ट सरकारले स्वघोषितरुपमा प्रदर्शन गरेको सत्ता उन्मादको अनेकन परिपञ्चका कारण मुलुकमा अ‍ेकन वेतिथी शुरु भएको बताउनुभएको छ ।

त्यस्तै उहाँले तत्कालीन काँग्रेस नेतृत्वको सरकारले दोस्रो संविधान सभाबाट जारी गरेको मुलुकको संविधानको भावनामाथिनै धावा वोल्दै कम्न्युष्ट सरकारले संकट सिर्जना गरेसंगै ती यावत संकट समाधान संगै मुलकमा देखिएको अतिवादलाइ परारास्त गर्नको लागि काँग्रेसले सरकारको नेतृत्व लिएको बताउनुभयो । साथै उहाँले पछिल्लो समय न्यायलयमा सिर्जना भएको विवादको मुल जड समेत कम्न्युष्ट सरकारनै भएको बताउदै कम्न्युष्ट सरकारको सत्ता उन्मादका कारण आज नेपाल र नेपालीले अनेकन समस्या वेर्होर्नु परेको बताउनुभयो ।

साथै सम्बोधनकै क्रममा काँग्रेसका पूर्व महामन्त्री समेत रहेको नेता सिंहले पार्टीको आसन्न् १४ औ महाधिवेशन लक्षित हुँदै मुलकमा कम्न्युष्ट सरकारको सत्ता उन्मादका कारण अनेकन वेतिथी सिर्जना भएजस्तै पार्टी नेतृत्वको मनपरितन्त्रका कारण सिर्जना भएको समस्या निरुपणका लागि आफुले केन्द्रीय सभापतिको लागि उम्मेदवारी घोषणा गरेको बताउँदै पार्टीका अग्रज शिर्ष नेतृत्व विपी, गणेशमाजी ,सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराइ, गिरिजावावु र सुशील कोइरालाको पदचाप सहित चलायमान बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । 

 राजधानी स्थित ऐतिहासिक हनुमान ढोका दरवार परिसरमा रहेको तारणीवहालमा आयोजित उक्त कार्यक्रममा काँग्रेस पार्टीका विभिन्न तह रतप्काको जिम्मेवारीमा रहेका नेता कार्यकता , शुभेच्छुकसंगै काठमामाडौं महानगरका प्रमुख लगायतका अशख्य व्यक्ति विशेषको उपस्थिती रहेको वडा न २४ महानगर समितिका सभापति विनोदराज भण्डारीले बताउनुभयो