शनिबार, बैशाख ८, २०८१

चीन सरकरको तर्फबाट थप १६ लाख डोज खोप अनुदानमा प्राप्त

काठमाडौं कात्तिक १७,

छिमेकी मित्र राष्ट्र चीनले अनुदानमा उपलब्ध गराएको कोभिड विरुद्धको १६ लाख डोज खोप आज स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको छ। चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई अनुदान स्वरुप आएको खोप हस्तान्तरण गरेकी हुन्।

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि चीनले नेपाललाई थप १६ लाख डोज कोभिड विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरे अनुरुप उक्त खोप नेपाललाइ उपलब्ध गराइएको हो ।

त्यासो त, चीनले यसअघि पनि नेपाललाई १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको थियो। आज हस्तान्तरण गरिएको १६ लाखसहित नेपाललाई चीनले ३४ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको छ भने खरिद प्रत्रियाबाट नेपाल भित्रिएको खोप समेत गरि नेपालमा चिनको तर्फबाट १ करोड डोज चिनियाँ खोप भेरोशिल आइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।