शुक्रबार, बैशाख १४, २०८१

पूर्वराजा शाहले लगाए बहिनी शोभाको हातबाट भाइटीका

काठमाडौं कात्तिक २०,
पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका छन् । भाइटिकाको लागि नेपाल पंञ्चाग समितिले सार्वजनिक गरेको शुभ साइत ११ बजेर ०२ मिनेट भन्दा केहि ढिलो पूर्वराजा शाहले बहिनी शाहीको हातबाट भाइटीका लगाउनभएको हो ।

पूर्वराजा शाह भाइटीका लगाउन बहिनी शोभाको कमलादीस्थित निवास शोभा गृहमा पुग्नुभएको थियो ।