बिहिबार, चैत्र १५, २०८०

आज भाइटीका:दिदीबहिनी नहुनेका लागि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा सर्वसाधारणले प्रवेश पाउने

काठमाडौं कार्तिक २०,
महाभूकम्पका कारण क्षति ग्रस्त रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुन निर्माण भएसंगै यसपटक भाइटीकाको दिन सर्वसाधारणलाई प्रवेश मिल्ने गरी मन्दिर खोलिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

०७२ को महाभूकम्पका कारण पूर्णरुपमा क्षति ग्रस्त भएको राजधानीको रत्नपार्क ३ सय ५२ वर्ष पुरानो रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुरानै शैलीमा ४वर्ष ९ महिनाको हाराहारीमा रानीपोखरी वरिपरिको संरचनासहित पुनःनिर्माण सम्पन्न भएसंगै राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर प्राण प्रतिष्ठासहित ताम्रपत्रको अनावरण गर्दै उद्घाटन गनुभएको हो ।

यसैवीच यमपञ्चक अन्र्तगत मनाइने मुख्य पर्व भाइटिकाका दिन दिदीबहिनी नहुनेका लागि दर्शन एवम् पूजाअर्चनासंगै खुला गरिने रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । यसअघि मन्दिरको पुर्ननिर्माण नसकिएका कारण मन्दिर बाहिर तस्बिर राखेर पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको थियो । तर यसवर्ष मन्दिरको पुर्ननिर्माण भइसकेकाले सर्व साधारण जसको दिदीबहिनी छैन उनिहरुका लागि पूजा, दर्शन गरी टीका लगाउनका लागि खुला गरिन लागेको हो ।