शनिबार, बैशाख १५, २०८१

पछिल्लो २४ घण्टामा थप ४४० जनामा कोभिड संक्रमण, ६ को मृत्यु

काठमाडौं कात्तिक २४,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ४४० जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ । ५ हजार ४ सय ७ जनाको पीसीआर परीक्षण गर्दा ३८७ जना र १ हजार ४ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जना गरी कुल ४४० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको हो ।

त्यस्तै पछिल्लो वितेको २४ घण्टामा ४७४ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन भने संक्रमणबाट ६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारीदिएको छ । साथै मन्त्रालयका पछिल्लो समय देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ जना रहेको यसमध्ये १८९ जना आईसीयू र ५३ जना भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ।