शुक्रबार, बैशाख १४, २०८१

कोभिड संक्रमण : संक्रमित भन्दा डिस्चार्ज हुनेको सख्या बढ्दो , ९ को मृत्यु

काठमाडौं कार्तिक २१ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १४३ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा गरिएको कोभिड परीक्षणको क्रममा १ हजार ९सय ८० जनाको पीसीआर परीक्षण गर्दा १४१ जना र ३ सय ५३ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी १४३ जनामा संक्रमण देखिएको हो ।

साथै मन्त्रालयलका अनुसार ५६३ जना संक्रमित कोभिड मुक्त भएका छन भने यसवीचमा ९ जनाको मृत्यु भएको छ ।