बिहिबार, बैशाख १३, २०८१

विभिन्न स्थानका जुवा खालबाट लाखौं रुपैया सहित ७९ जना जुवाडे पक्राउ

काठमाडौं कार्तिक २१ ,

काठमाडौ: चन्द्रागिरी नगरपालिका १४ पुरानो नैकाप बस्ने ४१ वर्षीय शंकर थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय पुष्कर थापा सहित १६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुले प्रहरीले उनीहरुलाई नगद ४ लाख ४३ हजार ३ सय ५ रुपैयाँ, जुवातास खेल्न प्रयोग भएको गलैचा १ थान र ६ सय ३४ पत्ती तास सहित पक्राउ गरेको हो ।

भक्तपुर: चाँगुनारायण नगरपालिका ८ सुडाल पुरीगाउँ बस्ने ५२ वर्षीय मणिराम पुरीको घरमा तास खेलिरहेको अवस्थामा पुरी लगायत १५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर प्रहरीले उनीहरुलाई नगद १२ लाख ४३ हजार ७ सय ८० रुपैयाँ र २ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

बाँके:  नेपालगंज उपमहानगरपालिका १३ बाबुगाउँबाट जुवातास खेलिरहेको अवस्थामा ४८ जनालाई नगद ४ लाख ६६ हजार ७७ रुपैयाँ र १० गड्डी तास सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा केही मानिसहरु जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाउदै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएके छ ।