शनिबार, बैशाख १५, २०८१

कांग्रेस केन्द्रीय महाधिवेशन फास्ट ट्याकमा : उम्मेदवारको अन्तिम नामावली प्रकाशित पछि मात्र औपचारिक उद्घाटन

काठमाडौँ कार्तिक २९
कांग्रेसको आसन्न् १४ औँ केन्द्रीय महाधिवेशन केन्द्रीत हुँदै आइतवार बसेको केन्द्रीय समितिको बैठकले यसपटक फास्ट ट्याक विधि अनुरुप गर्नु पर्ने कानुननी वाध्यतालाइ खृष्टिगत गर्दै मंसिर २४ गते उद्घाटन कार्यक्रम पूर्वनै केन्द्रीय महाधिवेशनका लागि उम्मेदवार हुने उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने भएको छ ।

निर्वाचन आयोगले यदि समयमानै महाधिवेशन सम्पन्न् नभए दल दर्ता खारेजीसंगै आसन्न् राष्ट्रियसभाको निर्वाचनमा भाग लिनबाट समेत बन्चित हुनु पर्ने जनाउ सहित आगामी पुष ७ गते भित्र पार्टीको महाधिवेशन सम्पन्न गर्दै निर्वाचित पदाधिकारीको विवरण अद्यावधकि गर्न गरेको ताकेता अनुरुप आसन्न् महाधिवेशनको उदेघाटन पूर्वनै मंसिर २१ गते उम्मेदवारको मनोनयन लगायतका बाँकी प्रक्रिया पूरा गर्नु पर्ने अवस्था सिर्जना भएको हो ।

त्यस्तै यसवीचमा तोकिएको महाधिवेशनको मितिमा दाबी विरोध लगायतका सवै प्रक्रिया सकेर उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरि मंसिर २४ गते उद्घाटन कार्यक्रम र नीति तथा कार्यक्रममाथि कुनै छलफलको कार्यक्रम नगरि २५ गते नयाँ नेतृत्वको लागि बिहानैदेखि राजधानीको भृकुटीमण्डपमा मतदान कार्यक्रम हुने भएको छ ।