शनिबार, बैशाख १५, २०८१

काँग्रेस नेता निधिद्वारा केन्द्रीय सभापतिको लागि उम्मेदवारी प्रस्तुत

काठमाडौं मंसिर ९,
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा केन्द्रीय सभापतिका लागि घोषणापत्र सहित उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार काठमाडौँको नयाँ बानेश्वरस्थित आफ्नो सम्पर्क कार्यालयबाट निधिले औपचारिक रूपमा सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

नेता निधिले आफ्नो उम्मेदवारी घोषणा गर्दै लोकतन्त्र प्राप्तिको क्रममा आफले निर्वाह गरेको विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको आधारमा आफुले केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको बताउनुभयो ।

स्मण रहोस केन्द्रीय सभापति पदका लागि वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य शेखर कोइराला, कल्याण गुरुङले दाबी प्रस्तुत गर्दै आएका छन ।