मङ्लबार, बैशाख ११, २०८१

प्रन्याको राजीनामा माग गर्दै सर्वोच्चदेखि बालुवाटारसम्म पेशागत संगठनको ‘न्याय मार्च

काठमाडौं मंसिर ९,
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै राजीनामा माग गर्दै बालुवाटार न्याय मार्च गरिएको छ। नेपाल बार एशोसिएसनसहित ७ वटा पेशागत संगठन क्रमस पत्रकार महासंघ, नेपाल जनस्वास्थ्य संघ, नेपाल शिक्षक संघ, नेपाल इन्जिनियर्स एशोसिएसन र बृहत नागरिक आन्दोलनले सर्वोच्च अदालतको गेटदेखि बालुवाटारसम्म न्याय मार्च गरेको हो ।

सर्वोच्च अदालतको गेटबाट सुरु भएको मार्च माइतीघर, भद्रकाली हुँदै बालुवाटारतर्फ अघि बढेको हो । जबराको सम्पत्ति छानविन गर्न र महाअभियोग लगाउन माग मार्चमा सहभागीहरूले गरेका छन् । उनीहरुले प्रधानन्यायाधीशले राजीनामा नदिए महाभियोग लगाउन राजनीतिक दल र संसद चुकन नहुनेमा समेत जोड दिएका छन ।