शुक्रबार, बैशाख १४, २०८१

वाग्मती प्रदेशमा हिउँदे अधिवेशन आह्वान

काठमाडौं आसोज २०,
वाग्मती प्रदेश सरकारले आगामी २४ गते प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले असोज २४ गते आइतबार दिउँसो ३ बजेका लागि प्रदेशसभाको बैठक बोलाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयको जारी सूचनामा उल्लेख गरिएको छ।

पछिल्लो समय वाग्मती प्रदेशमा एकल बहुमत रहेको एमाले विभाजन भएर १३ जना प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमत रहेको र सरकार अल्पमतमा परेसँगै मुख्यमन्त्री शाक्यले एक महिनाभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने कानूनी प्रावधान अनुरुप हिउँदे अधिवेशन आह्वान गरिएको हो ।

स्मरण रहोस वाग्मती प्रदेशमा मुख्यमन्त्री शाक्यसँग हाल ४३ जना सदस्य मात्र छन् । सरकार टिकाउन ५५ प्रदेशसभा सदस्यको आवश्यकता पर्छ ।