शुक्रबार, बैशाख १४, २०८१

एक हजार ४३ जनामा कोभिड संक्रमण, ८९१ संक्रमित डिस्चार्ज, १२को मृत्यु

पछिल्लो समय काठमाडौं उपत्यकामा बढ्दो भिडभाडसंगै संक्रमितको सख्या बढ्यो

काठमाडौं असोज २०,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको पछिल्लो २४ घण्टामा देशभर एक हजार ४३ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको देशभरका प्रयोगशालामा ११ हजार १६५ जनाको पिअिसार परीक्षण गर्दा ८९१ र ४ हजार ३०० जनाको एन्टीजेन परीक्षण गर्दा १९४ जनामा संक्रमण पुष्टि भएसंगै उल्ेलेखित सख्यामा संक्रमण पुष्टि भएको जनाएको छ।

त्यस्तै मन्त्रालयले यसवीचमा ८९१ संक्रमित निको भई डिस्चार्ज भएको जनाएको छ भने १२ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ।साथै देशभर १६ हजार १९४ जना सक्रिय संक्रमित रहेको जनाउदै तीमध्ये ३३८ जना आइसियुमा र ११५ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ।

यसैवीच आज पहिचान भएका संक्रमित मध्ये काठमाडौं उपत्यकाका ४४० जना रहेको जनाउदै मन्त्रालयले यसमध्ये काठमाडौंमा ३४४, भक्तपुरमा ३५ र ललितपुरमा ६९ जना रहेको जनाएको छ । काठमाडौं उपत्यकामा पछिल्लो समय बढ्दो भिडभाडका कारण संक्रमितको सख्या बढेको हो ।