शुक्रबार, बैशाख १४, २०८१

सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्व सभासद तामाङ सहित १२ जनालाइ ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं असोज २०,

सिभिल सेभिङ एण्ड क्रेडिट को -अपरेटिभ लिमिटेडको बचत तथा मुद्दती खातामा रहेको कूल ७० करोड ८७ लाख १३ हजार ८ सय २१ रुपैयाँ ३२ पैसा रकम संगठित रुपमा ठगी गरेको आरोपमा पक्राउ परेका को- अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष एवं पूर्व सभासद इच्छाराज तामाङ सहित १२ जना उपर अदालतले ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतले तामाङसहित सिभिल ग्रुप -सिभिल सहकारीका १२ जनालाई हिरासतमा राखी अनुसन्धान गर्न ५ दिनका लागि म्याद थप गरेको सिआइबीले जनाएको  छ।

पीडित बचतकर्ताले दिएको उजूरीका आधारमा सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ को प्राबधान विपरीत एकै व्यक्ति संस्थापक रहेको बिभिन्न परियोजनाहरुमा लगानी गरेको र उक्त लगानीबाट प्राप्त लाभ चरम बेथितिका कारण संस्थाले प्राप्त गर्न नसकी उक्त लिमिटेड जोखिममा रही सहकारी संस्थाबाट कर्जा लगानी भई सम्पन्न गरिएका बिभिन्न परियोजनाहरुबाट निर्माण गरिएका संरचनाहरु बिक्री गर्दा प्राप्त रकम सहकारी संस्थामा नबुझाई विदेशी मुलुकमा समेत लगि सम्पत्ति शुद्दिकरणको कसूर गरेको हुनसक्ने हुँदा सहकारी ऐन, २०७४ को दफा ृ१२२े बमोजिमको कसूर गरेको सिआइबीले अनुसन्धानको क्रममा खुलासा भएको जनाएको छ।