शुक्रबार, बैशाख १४, २०८१

राअविको अनुसन्धान अधिकृतमा जागिर लगाईदिन्छु भन्दै ठगी गर्ने भट्टराई पक्राउ

काठमाडौं कात्तिक ३,
राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाईदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौ महानगरपालिका ७ चाबहिल बस्ने झापा सुरुङ्गा कनकाई नगरपालिका ३ घर भएका ३५ वर्षीय निलम भट्टराईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

भट्टराईले आफू चलचित्र क्षेत्र तथा राष्ट्रिय अनुसन्धान विभागको उच्च अधिकारी र नेपाल टेलिभिजनको पत्रकार समेत भएकोले आफ्नो पहुँच गृह मन्त्रालयको उच्च अधिकारीहरूसँग रहेको र राष्ट्रिय अनुसन्धान विभागको अधिकृत पदमा जागिर लगाइदिन सक्छु उक्त पदमा जागिर खाने भए मन्त्रालयको विभिन्न अधिकारीहरूलाई रकम बुझाउनुपर्ने हुन्छ त्यसको लागि १५ लाख रुपैयाँ लाग्छ भनी प्रलोभनमा पारी पटकपटक गरी १४ लाख ५० हजार रुपैयाँ लिईसकेपछि पीडितलाई काठमाडौं बोलाए पश्चात भट्टराई सम्पर्क विहिन भएको जाहेरीको आधारमा महानगरीय अपराध महाशाखाले खोजतलास गर्ने क्रममा सुर्खेत वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेत बसपार्कमा फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पठाईएको महाशाखाले जनाएको छ ।