शनिबार, बैशाख १५, २०८१

मुख्यमन्त्री आचार्यको विस्वासको मतको प्रस्ताव उपर आज छलफल हुँदै

काठमाडौं कात्तिक ७,
प्रदेश १ सरकारका मुख्यमन्त्री भीमप्रसाद आचार्यले शुक्रबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावमा आज छलफल हुँदैछ । आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने प्रस्तावमा छलफल सहित आजै प्रस्ताव उपर मतदान समेत हुने प्रदेशसभाका सभामुखको सचिवालयले जनाएको छ।

नेकपा एमालेको तर्फबाटबाट मुख्यमन्त्री बन्नु भएका आचार्य एमालेविभाजन संगै अल्पमतमा पर्नुभएको छ। ९३ सदस्यीय रहेको प्रदेशसभामा पछिल्ले संरचना अनुसार मुख्यमन्त्री आचार्यसंग सभामुखसहित ४१ सांसद रहेका छन् भने कांग्रेसको २१, माओवादी केन्द्रको १५, नेकपा एकीकृत समाजवादीको १०, जसपाको ३ र मञ्चको १ जना सदस्य गरी विपक्ष गठबन्धमा ५०जना संसद सदस्य रहेका छन ।