शुक्रबार, चैत्र १६, २०८०

फ्लोरक्रसको हल्लासंगै प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित

काठमाडौं कात्तिक ७,
प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित गरिएको छ । आइतबार प्रदेशसभा सचिवालयले दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको छ ।

प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामाप्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले प्रदेशसभा बैठक सार्न माग गरी निवदेन दिएकाले बैठक स्थगित गरिएको उल्लेख छ ।

मुख्यमन्त्री भीम आचार्यले शुक्रबार प्रदेशसभामा पेश गरेको विश्वासको मतसमबन्धी प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने आजको बैठकको कार्यसूची थियो ।

यसवीचमा स्रोतबाट प्राप्त जानकारी अनुसार विश्वासको मत दिने बेलामा आफ्ना केही सांसदहरुले फ्लोरक्रस गर्ने हल्ला चलेपछि कांग्रेसले आजको बैठक रोक्न माग गरेको थियो ।

त्यस्तै नेकपा एमालेले पनि पार्टीको पालिका अधिवेशन र पार्टीका कमिटी बैठकहरु भएकाले कात्तिक १५ गतेसम्म प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै सभामुखलाई निवेदन दिएको थियो ।