शनिबार, बैशाख १५, २०८१

मन्त्रालय भागवण्डा विवादका कारण आज हुने भनिएको मन्त्रिपरिषद विस्तार प्रक्रियामा लाग्यो विराम

काठमाडौं असोज २१,
सत्तासाझेदार दलवीच सरकामा सहभागी हुने मन्त्रीको नाम टुंगो लागे पनि दलहरुबीच मन्त्रालय भागवण्डामै नयाँ विवाद सिर्जना भएसंगै आज हुने भनिएको मन्त्रिपरिषद विस्तार कार्यमा विराम लागेको छ ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारका सत्तासाझेदार दलको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम प्राप्त् भएसंगै आज गठबन्धन सरकारले पूर्णत पाउने बताउनुको अलावा सबै पार्टीका मन्त्रीहरूको शपथ एकै पटक गराउने तयारी गर्नुभएको समेत गर्नुभएको थियो ।

तर परिस्थिती नयाँ बनेसंगै अर्थात मन्त्रिपरिषद विस्तारमा विराम लागेको हो ।स्मरण रहोस, सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय लिने सहमति भएको थियो । यद्यपी यसवीचमा सिर्जित यावत असहमतिलाइ सहमतिमा रुपान्तरण गर्दै शुक्रबार विस्तार साँझ सम्ममा मन्त्रिपरिषद विस्तार हुने प्रम सचिवालय स्रोतले जनाएको छ।