शनिबार, बैशाख १५, २०८१

गठबन्धन सरकारलाइ पूर्णता दिने अन्तिम तयारी हुँदै

काठमाडौँ असोज २१,
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारका सत्तासाझेदार दलको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम प्राप्त् भएसंगै आज गठबन्धन सरकारले पूर्णत पाउनेभएको छ।

यसको लागि नेपाली काँग्रेसका सभापतिसमेत रहनुुभएका प्रधानमन्त्री देउवाले आज सरकार लाइ पूर्णरुपमा विस्तार गर्दै सबै पार्टीका मन्त्रीहरूको शपथ एकै पटक गराउने तयारी गर्नुभएको बुझिएको छ।

सत्ता साझेदार दल माओवादी केन्द्रको स्थायी समितिको बुधवार बसेको बैठकले सरकारमा सहभागी हुने ३ जना मन्त्री तथा १ राज्यमन्त्रीको नाम टुङ्गो लगाइसकेको छ भने नेकपा एकीकृत समाजवादीको आज बस्ने स्थायी कमिटी बैठकले आजै सरकारमा सहभागी हुने मन्त्रीबन्नेको नाम टुङ्गो लगाउदै छ । त्यस्तै जसपाको पनि आजै बस्ने कार्यकारर्णी बैठकले मन्त्रीको नाम छनौटको लागि आवश्यक मापदण्ड बनाएर मन्त्री बन्नेको नाम टुङ्गो लगाउँदैछ ।