शुक्रबार, बैशाख १४, २०८१

काँग्रेसको पालिका अधिवेशन: संस्थापन र संस्थापन इतर समूहको मिश्रित परिणाम

काठमाडौं महानगरको मतगणना शुरु हुँदै

काठमाडौं असोज १७,

नेपाली कांग्रेस को १४औँ महाधिवेशन अन्तरगत काठमाडौ महानगरपालिकासहित १० नगरपालिकामा शनिवार भएको निर्वाचनमध्ये केहि पालिकाको परिणाम सर्वजनिक भएकोछ ।

सार्वजनिक मत परिणाम अनुसार संस्थापन र संस्थापन इतर समूह्को तर्फबाट उम्मेदवार मध्ये टोखा नगरपालिकाको सभापतिमा कृष्णप्रसाद सिटौला निकट संस्थापन समूहका ​ओमकृष्ण विमली निर्वाचित भएका छन ।

त्यस्तै तारकेश्वर नगरपालिकाको सभापतिमा संस्थापन समूहका  कृष्णहरि महर्जन निर्वाचित भएका छन् भने नागार्जुन नगरपालिकाको सभापतिमा  संस्थापन इतर समूहका  दुर्गाप्रसाद गौतम १२८ मतसहित विजयी भएका छन्

यस्तै शंखरापुर नगर सभापतिमा प्रकाशमान सिंह निकटका दिलिपकुमार श्रेष्ठ निर्वाचित भएका छन् भने कागेश्वोरी मनहरा नगर सभापतिमा संस्थापन समुहका उद्धव दाहाल विजयी भएका छन् । दाहालले १५१ मत पाए भने अर्का प्रत्यासी मिठ्ठाराम दाहालले १३८ मत प्राप्त गरेको थाहाभएको छ।

यसैवीच शनिवार हुने भनिएको मतदान समयभावका कारण आइतवार भएको र मतदानको क्रमममा कुल मतदाता १ हजार १८५ मतदातामा मध्ये १ हजार १५९ भोट खसेको जनाउदै अवको केहि क्षणमा मतगणना हुने बताइएको छ। काठमाडौं महानगरमा संस्थापन समूहबाट प्रगतिमान रञ्जित र संस्थापन इतर समूहबाट निलकाजी शाक्य चुनावी मैदानमा उत्रेका छन ।