बिहिबार, बैशाख ६, २०८१

पछिल्लो २४ घण्टामा देशभर ६७९ जनामा कोभिड संक्रमण, ७ को मृत्यु

काठमाडौं असोज १७,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको पछिल्लो २४ घण्टामा देशभर ६७९ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ। देशभरका प्रयोगशालामा गरिएको १० हजार ९२० जनामा गरिएको कोभिड परीक्षणको क्रममा पिअिसार परीक्षणतर्फ ५७४ र एन्टीजेन परीक्षणतर्फ १०५ जनामा संक्रमण पुष्टि भएको मत्रालयले जनाएको हो ।

त्यस्तै देशभर १ हजार ४०५ जना संक्रमित निको भई डिस्चार्ज भएको जनाउदै मन्त्रालयले वितेको २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको जनाएको छ। साथै देशभर १६ हजार ८०४ जना सक्रिय संक्रमित रहेको जनाउदै तीमध्ये ३३७ जना आइसियुमा र १०४ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जानकारी दिएको छ।