शुक्रबार, बैशाख १४, २०८१

आज वडादसैंको १०औं दिन श्रीदुर्गा भवानीको टीकाप्रसाद ग्रहण गरि विजयादशमी पर्व मनाइदै

आसुरी शक्तिको अन्त्य गरेको खुसीयालीमा मनाइने भएका कारण दुर्गा भवानीको प्रसाद लगाउन कुनै साइतको जरुरी नपर्ने

काठमाडौं असोज २९,

आज वर्ष २०७८ को वडादसैं अन्र्तगत आज विजया पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका थापी आश्विन शुक्ल दशमी हर्षोल्लासपूर्वक मनाइँदैछ ।

टीका प्रसाद ग्रहण अघि असोज २९ गते शुक्रबार विजयादशमी पर्व अन्र्तगत विहान ८ः१९ बजे देवी विसर्जन संगै दुर्गा भवानीको टीका प्रसाद बिहान १०ः०२ बजेको शुभ साइत रहे पनि असत्यमाथि सत्यको विजयका रुपमा मनाइने विजयादशमी मुलत शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी आसुरी शक्तिको अन्त्य गरेको खुसीयालीमा मनाइने भएका कारण दुर्गा भवानीको प्रसाद लगाउन कुनै साइतको जरुरी नपर्ने भन्दै विजयादशमीका दिन मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद लिने परम्परा रहेको छ ।

आजको दिन घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक स्थापना गरी ९ दिनसम्म दुर्गा भवानीको पूजा–आराधना गरिएको नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ भने आजका दिन आफ्ना मान्यजनबाट टीका थापेर र आफन्तजन सङग हार्दिकता सातासात गर्नुे परम्परा रहिआएको छ। यो क्रम आजदेखि पाँच दिनसम्म अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्दछ ।

यद्यपी कोभिड संक्रमणको जोखिम कम भएपनि पूर्ण रुपमा जोखिम निवारण भइनसकेको स्वास्थ्य सतर्कता सहित टीका लगाउन र मान्यजनबाट आशिर्वाद ग्रहण गर्न सरकारले तमाम नेपालीलाइ आग्रह गरेको छ।