शुक्रबार, बैशाख १४, २०८१

असत्यमाथि सत्यको जित भएको खुसियालीमा उपत्यकामा आज साँझ खड्गजात्रा मनाइदै

[ फाइल फोटो ]

काठमाडौं असोज २९,

बडादसैंको अन्तिम दिन विजयादशमीको साँझ उपत्यकामा नेवार समुदायले खड्गजात्रा अर्थात ‘पाया’ पर्व मनाउँने गरिन्छ । काठमाडौं उपत्यकालगायत नेवार समुदायको बसोबास रहेका जिल्लाका शक्तिपीठबाट खड्गधारण गरी खड्गजात्रा निकाल्ने गरिन्छ ।

तान्त्रिक विधिबाट खड्गको पूजाआजा गरी परम्परागत पहिरनमा खड्गधारण गरी खड्गजात्रा मनाउने गरिन्छ । काठमाडौंमा भने कंकेश्वरी, टेःवहाल, वटु भद्रकाली, कोहीटी निलबाराही, र हनुमानढोका दरवारबाट तलेजु भवानीको खड्गजात्रा निकाल्ने परम्परा रहेको पाइन्छ ।

नगरपरिक्रमा गरी जात्रा सकिएपछि दानवको प्रतीक कुभिन्डोमा खड्गले प्रहार गरी असत्यमाथि सत्यको जित भएको भन्दै खुसियाली मनाउने गरिन्छ ।