शुक्रबार, बैशाख १४, २०८१

२ हजार २९५जनामा संक्रमण, १६ संक्रमितको मृत्यु

काठमाडौं भाद्र १४ ,

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १६ हजार २३३ जनाको पिसिआर र २ हजार २९५ जनाको एन्टीजेन परीक्षणको क्रममा क्रमस १ हजार ९०२ र ३९३ जना गरि कुल २ हजार २९५जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज देशभरबाट १ हजार ८०८ जना संक्रमित उपचार पछि डिस्चार्ज भएको जानकारििददै वितेको २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको जनाएको छ।

त्यस्तै कुल संक्रमित मध्ये देशभर ३५ हजार ८७४ जना सक्रिय संक्रमित रहेको जनाउदै मन्त्रालयले तीमध्ये ५६८ जनाको आइसियुमा र १६० जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ।