बिहिबार, बैशाख १३, २०८१

१४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने नेता थापाको घोषणा

काठमाडौं भाद्र १४ ,
नेपाली कांग्रेसका नेता गगन थापाले सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन पार्टीको आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

यद्यपी नेता थापाले आफ्नो उम्मेदवारी घोषणा गरे पनि कुन समूहबाट उम्मेदवार बन्ने हो त्यो विषयमा कुनै खुलासा गर्नु भएको छैन ।

काँग्रेसको १३औं महाधिवेशनमा नेता थापाले महामन्त्रीमा उम्मेदवार बन्दै गर्दा ५८४ मत पाएका थिए भने उहाँका प्रतिस्पर्धी डा. शशांक कोइरालाले रामचन्द्र पौडेल समूहको तर्फबाट निर्वाचित भएका थिए ।