शुक्रबार, बैशाख १४, २०८१

१ हजार ३८८ जनामा कोभिड संक्रमण पुष्टि, २४ संक्रमितको मृत्यु

काठमाडौ भाद्र १३,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार २९७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा १ हजार ३८८ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएके छ ।

यसवीचमा मन्त्रालयले ७ हजार २५९ जनाको पिअिसार परीक्षणको क्रममा १हजार २१४ र तीन हजार ३८ जनाको एन्टीजेन परीक्षणको क्रममा १७४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै वितेको २४ घण्टामा २ हजार २६० जना संक्रमित उपचार पछि डिस्चार्ज भएको जानकारी दिनुकोअलावा पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ।