शुक्रबार, बैशाख १४, २०८१

रात्रीकालीन व्यवसाय प्रति सरकार उदासिन भएको व्यवसायीको निष्कर्ष

व्यवसायीले बुझाए सिडिओलाई चाबी

अनुप प्रधान /काठमाडौ भाद्र १३,
काठमाडौका रात्रीकालीन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले प्रमुख जिल्ला अधिकारीलाई आफ्नो कर्म क्षेत्रको चाबी बुझाएका छन् ।आइतबार काठमाडौका प्रमुख जिल्ला अधिकारीलाई समितिका अध्यक्ष विनोद श्रेष्ठ नेतृत्वको प्रतिनिधीमण्डलले आफ्नो  व्यवसाय प्रति सरकार उदासिन भएकोमा गम्भीर असहमति  सहित चाबी बुझाएको हो।

समितिले आज प्रमुख जिल्ला अधिकारी समक्ष चावी सहितको ध्यानाकर्षण पत्र बुझाउदै कोभिड संक्रमणको जोखिमका कारण जारी निषेधाज्ञाका कारण सञ्चालनमा निषेध गरिएको विभिन्न प्रकृतिका व्यवसाय पछिल्लो समय निर्वाद सञ्चालन गरे पनि दोहोरी साँझ, गजल, डान्स लन्चवार क्लव लगायतका मनोरञ्जनात्मक रात्रीकालीन व्यवसाय सञ्चालनमा अझै मौन बस्दै गर्दा व्यवसायी संगै यस क्षेत्रमा कार्यरत मजदुर कर्मचारीको भविष्यसंगै श्री सम्पति समेत धरापमा परेको उल्लेख गरिएको छ ।

त्यस्तै व्यवसायको घरभाँडा , बैकको ऋण र व्याज व्यवसायीक घाटा र सम्पूर्ण कलाकारको रोजगारीको ग्यारेन्टी सहित बाध्य भएर चाबी बुझाउन बाध्य भएको उल्लेख गरिएको छ ।