शनिबार, बैशाख ८, २०८१

आज भक्तियोगका प्रणेता श्रीकृष्णको जन्माष्टमी पर्व मनाइदै

काठमाडौं भाद्र १४ ,

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । आजको दिन ललितपरको मङ्गलबजारस्थित श्रीकृष्ण मन्दिर सहित अन्य कृष्ण मन्दिमा समेत भक्तजनको घुइचो लाग्ने गर्दछ ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वसुदेव र देवकीको ८ औं गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजैका दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

आजको दिनमा विशेष गरी महिलाहरु ब्रत बसी मध्यरातमा श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रशन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास रहेको पाइन्छ । समग्रमा भन्नु पर्दा मानव जातिलाई सुरक्षित पारी धर्मको रक्षाका लागि धर्तीमा अवतरित हुनुभएका श्रीकृष्णले नै पुतना, कंस, जरासन्ध र शिशुपाल आदि दानवी प्रवृत्तिलाई अन्त गराई मानव मात्रलाई भयमुक्त बनाउनुभएको थियो ।

यसै प्रसङ्गमा भगवान् श्रीकृष्णले श्रीमद्भागवत गीतामा भन्नुभएको छः
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।

अर्थात् जबजब धर्मको लोप हुन्छ र पाप बढ्दछ त्यस बेलामा धर्मको रक्षाका लागि मैले मानव रुप धारण गरेर धर्तीमा जन्म लिनेछु । भगवान् श्रीकृष्णको यही कर्मको सम्झनामा अहिले पनि श्रीकृष्ण जन्माष्टमी पर्व भव्यताका साथ मनाउने गरिएको छ । अर्थात् जबजब धर्मको लोप हुन्छ र पाप बढ्दछ त्यस बेलामा धर्मको रक्षाका लागि मैले मानव रुप धारण गरेर धर्तीमा जन्म लिनेछु । भगवान् श्रीकृष्णको यही कर्मको सम्झनामा अहिले पनि श्रीकृष्ण जन्माष्टमी पर्व भव्यताका साथ मनाउने गरिएको छ ।