शनिबार, बैशाख १५, २०८१

मनसुनी वायुको प्रभाव : शुक्रवार देखि आइतवारसम्म मेघ गर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौं साउन २२ ,
मुलुकमा सक्रिय रहेको मनसुनी वायुको प्रभावले गर्दा देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । यसैक्रममा शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू९ भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन समेत
अनुरोध छ।

त्यसैगरि शनिबार देशभर सामान्य देखि पूर्ण बदलीसंगै अधिकास स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना औल्याउँदै यसवीचमा
प्रदेश १, बागमती प्रदेशका एकाध स्थानमा मेघ गर्जन रचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ। साथै आइतबार पनि सोहि क्रम अनुरुप प्रदेश नं १ को एकध स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ।